सुवर्णेश्वर विद्यालयले मनायो ४४ औं वार्षिकोत्सव एवं स्काउट दिक्षान्त समारोह, सूर्यविनायक नगर प्रमुख थापाद्धारा उद्घाटन (तस्विरहरु)

भक्तपुरसूर्यविनायक नगरपालिका वडा नंं ६ मा अवस्थित सुवर्णेश्वर आधारभूत  विद्यालयले ४४ औं वार्षिकोत्सव एवं स्काउट दिक्षान्त समारोह भब्य रुपमा सम्पन्न गरेको छ ।विद्यालय प्रागणमा शुक्रबार आयोजना गरिएको वार्षिकोत्सव तथा अभिभावक भेला भब्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रम सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्तब्य राख्नुहुँदै प्रमुख अतिथि थापाले सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि गर्न नगरपालिका लागिपरेको र त्यसका लागि आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

नगर प्रमुख थापाले विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त भएपछि सुधारको संकेत देखिएकोमा खुसी ब्यक्त गर्दै नगरकै नमूना विद्यालय बन्ने गरि अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले शैक्षीक क्षेत्रमा सुवर्णेश्वरले पछिल्लो समय गर्दै आएको प्रगति प्रशंसायोग्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालयकी नवनियुक्त प्रधानाध्यापक कृष्मा थोकरले एक वर्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा पहिलो सुवर्णेश्वर स्काउट ट्प दिक्षान्त समारोह समेत सम्पन्न गरिएको छ । नगर प्रमुख थापाले स्काउटमा आवद्ध विद्यार्थीहरुलाई  स्कार्फ लागाएर दिक्षीत गर्नु भएको थियो ।

वडा नंं ६ का वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईश्वर खडकाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा पूर्व ब्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका पूर्व केन्द्रीय सचिव रामगोपाल कर्माचार्य, बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायना, विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु उद्धव राज जोशी, परसुराम मेघी गुरुगं, विष्णु प्रसाद लुईटेल, पूर्व प्रधानाध्यापकहरु शम्भु प्रसाद गौतम, चित्र बहादुर अछामी, श्रीकृष्ण राउत, चन्द्रमा श्री बराल र कमल बहादुर थोकरलगायतले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति पनि गरेका थिए भने अभिभावक तथा विद्यार्थीहरुको बाक्लो सहभागिता थियो ।

              


प्रकाशित | २३ चैत्र २०८०, शुक्रबार २१:३९