विदेशमा रहेका नेपालीलाई मतदानमा भाग लिने ब्यवस्था मिलाउन माग

लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष औपचारिक भेट गर्दै पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र बुझाएको हो ।

एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बूद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ ।

सो क्रममा संघको तर्फबाट उपाध्यक्ष गोविन्द खरेलले ज्ञापनपत्र वाचन गर्नु भएको थियो । कार्यक्रममा एनआरएनए आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, महासचिव डा. हेम राज शर्मा, आइसीसी सदस्यहरु र एनसीसी यूकेका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित | १३ कार्तिक २०७८, शनिबार २०:४६