विश्व साइकल यात्रीसँगै मजदूरहरुलाई तातो खाना खुवाउँने अभियानमा जुट्दै जस्मीन र पुजा

काठमाडौं :  कोभिड १९ अर्थात कोरोनाले यतिखेर सबैलाई आक्रान्त पारिरहेको छ । विशेष गरि मध्यम वर्ग, मजदूरहरु भने चरम मारमा परिरहेका छन् । दिनभरि काम गरेर बिहान बेलुका छाक टार्नु पर्ने अवस्थाका मजदूरहरुको अत्यन्तै पीडादायी अवस्था सहन नसकेर समाजसेवी जस्मीन श्रेष्ठ र पुजा गुरुङ मजदूरहरुलाई तातो खाना खुवाउने अभियानमा जुट्नुभएको छ ।

कोरोनाका कारणले अप्ठ्यारोमा परेका मानिसहरुलाई विश्व साइकल यात्री पुस्कर शाह र कुपन्डोल हाइडका ग्रिन विनस् क्याफेका संचालक निरा बरालको टोलीसहित समाजसेवी जस्मीन श्रेष्ठ र पुजा गुरुङ तातो खाना खुवाउने अभियानमा जुट्नु भएको हो ।

अहिले दैनीक ठमेल क्षेत्रमा १५० जना र जावालाखेलमा १५० जना गरी हरेक दिन ३०० जनालाई खाना खुवाउने अभियान जारी छ । तातो खाना खुवाउने अभियानको आज ३८ औ दिन हो ।

आइतबार नेपाली परिकार बनाएर जापुरा ह्युमन रिसोर्स सर्भिसेसका संचालक तथा हली फिलिमका निर्माता लायन्स प्रभु आर टिका समाजसेवीद्धय पुजा गुरुङ र जस्मीन श्रेष्ठ तथा नेपाली रैथाने खाना खोज यात्रा १०१ दिनेका अभियन्ता, ग्लोवल नेप्लीज सेफ फेडेरेशनका सचिव, लायन्स क्लव प्रसन्न सेफका चार्टर प्रेसिडेन्ट युवा सेफ प्रेमलाल घिसिङले खुवाउनुभयो ।

उहाँहरुले यसरी केही दिनको लागि तातो खाना खुवाउने प्रतिबद्धता समेत जनाउनुभएको छ । यसरी समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा आफ्नो खुसी मिलेको पुजा गुरुङ र जस्मीन श्रेष्ठले बताउनुभयो ।

मानव जीवनमा गाँस, बाँस र कपास मध्येमा गाँस प्रमुख रहेको र यसलाई सफा र स्वच्छ बनाएर खानु र खुवाउनु पर्ने सेफ प्रेमलाल घिसिङले बताउनुभयो ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार ०९:२२