सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाद्धारा वडा नंं ९ र १० का ज्येष्ठ नागरिकहरु सम्मानीत (फोटोफिचर)

भक्तपुर : सूर्यविनायक नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई नगद चार हजार सहित टेक्ने लौरो र जुस वितरण गरेको छ । नगरपालिकाले आइतबार वडा नंं ९ र १० मा आयोजना गरेको छुट्टा छुट्टै कार्यक्रमकाबीच नगर प्रमुख बासुदेव थापाले ज्येष्ठ नागरिकहरुलाई नगद चार हजारसहित टेक्ने लौरो र जुस वितरण गर्नु भएको हो ।

नगर प्रमुख बासुदेव थापाले २०८० असार मसान्तसम्म ८१ वर्ष पूरा गरेका, आर्थिक वर्ष ०७८/०७९ मा सम्मानित भएका ब्यक्ति नदोहोरिने गरी सामाजिक सुरक्षा भक्ता पाइरहेका तथा सुरक्षा भक्ता नपाउने पेन्सन खानेलाई सम्मान गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख थापाले ज्येष्ठ नागरिकहरु नगरपालिकाको गहना र सम्पत्ति भएको बताउँदै सम्मानीत गर्न पाउँदा असाध्यै खुसी लागेको बताउनुभयो ।

नगरपालिकाले पाँच दिनको कार्यक्रमको आयोजना नै गरि सबै वडामार्फत ज्येष्ठ नागरिकलाई सम्मान गर्न लागिरहेको मेयर थापाले बताउनुभयो । कार्यक्रम तालिका अनुसार वडा नंं ७ र ८ का ज्येष्ठ नागरिकहरुलाई सोमबार, वडा नं.५ र ६ का ज्येष्ठ नागरिकलाई २० गते, वडा नंं १ र ४ का ज्येष्ठ नागरिकलाई २१ गते र वडा नंं २ र ३ का ज्येष्ठ नागरिकलाई २३ गते सम्मान गरिनेछ ।

ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडा नंं १० का वडाध्यक्ष शिवराम रावत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्रीले छुटेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर नगद रकम, टेक्ने लौरो र जुस वितरण गर्ने बताउनुभयो । कार्यक्रममा महिला बालबालीका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख रञ्जना पोखरेल, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक थापा पनि सहभागि हुनुहुन्थ्यो ।

          


प्रकाशित | १८ चैत्र २०८०, आईतवार १९:४१