विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायणका मेयर खत्री जापान प्रस्थान

भक्तपुर: भूकम्प लगायत विपद् जोखिम न्यूनिकरण सम्बन्धी तालिममा सहभागि हुन चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गर्नु भएको छ ।

जाईकाको सहयोगमा नेपाल सरकारले काठमाडौं उपत्यकामा भूकम्प लगायतका विपद् जोखिम न्यूनिकरणका लागि कार्यान्वयनमा ल्याउन लागिएको परियोजनाको तयारीका सन्दर्भमा तालिम सञ्चालन गरेको हो । तालिम दुई साता सञ्चालन हुनेछ ।

उपत्यकाका स्थानीय तहमध्येबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भक्तपुरबाट चाँगुनारायण नगरपालिकासहित उपत्यकाका मेयरहरुलाई छनौट गरि जापानको तालिममा सहभागि गराएको हो । भ्रमणको सबै खर्च जाईकाले नै ब्यवस्थापन गर्नेछ ।

तालिममा भुकम्प, बाढी पहिरो, समुन्द्री आँधी, ज्वालामुखी बिष्फोटन जस्ता बारम्बार दोहोरीने दुर्घटनाबाट बच्न जापान सरकारले गरेको अध्ययन अनुसन्धान, नीति निर्माणको बारेमा जानकारी गराइनेछ ।


प्रकाशित | २२ माघ २०८०, सोमबार १०:१४