बन्दिपुरमा लोकप्रिय धुव्र लाल प्रधानको अध्यक्ष पदमा उम्मेदवारी

बन्दिपुर : बन्दिरपुरमा लोकप्रिय धुव्र लाल प्रधानले गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । नेपाली कांग्रेसको तर्फबाट बन्दिपुर गाउँपालिका अध्यक्षमा प्रधानले उम्मेदवार दिनु भएको हो ।

बन्दिरपुरबासीले अत्यन्तै रुचाएका र सबैको प्रिय प्रधानले नगरबासी सबैको माग र चाहानाअनुसार अध्यक्षका उम्मेदवारी दिनु भएको हो । लामो सयमदेखि सामाजीक कार्यमा सक्रिय रहँदै आउनु भएको छ ।

समाजसेवा नै राजनीतिको मूल मर्म ठान्नु हुने प्रधानको इतिहास हेर्ने हो भने पूरै समाजसेवा र मानवीय कार्यमा बितेका छन् । समाजमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको प्रधान सामाजीक संघसंस्थादेखि शैक्षिक क्षेत्रमा पनि उत्रीकै क्रियाशील रहँदै आउनु भएको छ । प्रधानसँग गाउँपालिकालाई समृद्ध बनाउने र विकास गने महत्वपूर्ण योजना पनि छन् ।

को हुनुहुन्छ प्रधान ?

नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला उपसभापति रहनु भएको प्रधान नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व सभापति हुनुहुन्छ । साथै शैक्षिक क्षेत्रमा योगदान गर्दै आउनु भएको प्रधान बन्दिपुर क्याम्पसका पूर्व संचालक समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

त्यस्तै, लायन्स क्लब तनहुँका संस्थापक अध्यक्ष रहनु भएको प्रधान हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्य समितिका विशेष सल्लाहकार हुनुुहुन्छ ।


प्रकाशित | १६ बैशाख २०७९, शुक्रबार ०९:२०