दोलखाको कालिञ्चोक गाउँपालिका कांग्रेस सभापतिमा अर्जुन प्रसाद शिवाकोटी सर्वसम्मत

दोलखा: स्थानीय तहको नयाँ संरचना खडा भएसँगै नेपाली काग्रेसले स्थानीय तहमा संगठन विस्तार अभियान चालू राखेको छ । जिल्लाको कालिञ्चोक गाउँपालिकामा अर्जुन प्रसाद शिवाकोटी सर्वसम्मत रुपमा सभापतिमा निर्वाचीत हुनुभएको छ । त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा बालानन्द शिवाकोटी र संग्राम बहादुर आचार्य, सचिवमा सन्तोष मौनाली र पदम पाठक निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २०:५९