गोल्ड मेडलिस्ट कार्कीलाई ग्लोबल मार्क एजुकेसनको सम्मान

मेलबर्न। आइसीयन प्रतिस्पर्धामा गोल्ड तथा ब्रोन्ज मेडल बिजेता अनिल जङग कार्कीलाई ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले सम्मान गरेको छ । कार्कीले तास्मानियाको होबर्टमा सम्पन्न भएको आइ कम्पिट नेचुरल आइसीयन प्रतिस्पर्धामा मेन्स फिजिक फस्र्त टाइमर बिधामा गोल्ड मेडल र मेन्स फिजिक रुकि बिधामा ब्रोन्ज मेडल हात पार्नु भएको थियो । उहाँ तास्मानियाको बिश्वबिद्यालयबाट आइ।टी।मा स्नातक उर्तिण गरेको विद्यार्थी हुनुहुन्छ ।

अष्ट्रेलियामा पढाइ र कामको चाप हुदाँ हुँदै पनि उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले बताउनु भयो । सम्मान कार्यक्रममा एनआरएनएका तास्मानिया स्टेट कोअर्डिनटर सन्देश परियार, नेपाली सोसाइटी तास्मानियाका सचिब प्रदिप पोख्रेल, तास्मानियन नेपाली क्रिकेट एसोसिएसनका अध्यक्ष प्रकाश उप्रेती र नेपाली बिजनेस एसोसिएसन तास्मानियाका उपाध्यक्ष अनिल श्रेष्ठको उपस्थिती रहेको थियो ।

एनाआरएनएका स्टेट कोअर्डिनेटर सन्देश परियारले अनिलजंग कार्कीको उपलब्धी अनिलको मात्रै नभएर सम्पुर्ण नेपालीहरुको गौरवको विषय भएको बताउनु भयो ।

सम्मान कार्यक्रममा ग्लोबल मार्क एजुकेसन एन्ड भिजा सर्भिसेजले भर्खरै मात्र मेल्बर्नमा सम्पन्न भएको क्रीकेट ट्राइसिरिज २०२१ को उपाधी विजेता टिम टिएनसीए लाई पनि बधाइ ब्यक्त गर्दै प्रमाणपत्र प्रदान गरेको छ । टिम टिएनसीएमा क्रिकेट खेल्ने सम्पूर्ण खेलाडीहरुलाइ प्रोत्साहन गर्ने उदेश्यले बधाई दिदै सम्मान स्वरुप बधाइ पत्र छिटै नै पठाउने निर्देशक चित्रकारले जानकारी दिनु भयो ।

कार्यक्रममा उपस्थित गुर्खा लिजेन्ड क्रिकेट क्लबका सचिब अभिषेक श्रेष्ठलाई ट्राइसिरिज जित्न गुर्खा लिजेन्ड क्लबका खेलाडिहरुको महत्वपुर्ण भुमिकाको लागि धन्यबाद दिदै बधाइको प्रमाणपत्र प्रदान गरिएको थियो ।


प्रकाशित | २४ बैशाख २०७८, शुक्रबार १३:१६