एकभन्दा बढी सहकारीमा साधारण तथा शेयर सदस्य बने सदस्यता स्वत: खारेज

भक्तपुर: चाँगुनारायण नगरपालिकाले एक भन्दा बढी सहकारी संस्थामा साधारण तथा शेयर सदस्य बने सदस्यता स्वत खारेजी हुने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न चौथो नगरसभाले पारित गरेको सहकारी ऐन कार्यान्वयनमा ल्याउँदै एकभन्दा बढी सहकारीमा सदस्य रहेकाको सदस्यता खारेज गर्दै कुनै एउटा सहकारीमा मात्रै सदस्यता लिन निर्देशन दिएको हो ।

नगर क्षेत्रभित्र रहेका बचत तथा ऋण, महिला, कृषि, बहुउद्देश्यीयलगायतका १२२ सहकारीको भेला गरी सहकारीको ऐन, नियम, विनियमका बारेमा जानकारी गराउँदै सहकारीलाई व्यवस्थित गर्न यस्तो व्यवस्था गरेको नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले जानकारी दिनुभयो ।

नगरपालिकाले एक व्यक्ति एउटामात्र सहकारीको सदस्य हुन पाउने सहकारीको ऐन बनाएपछि यसलाई कार्यान्वयनमा ल्याउँदै नगर क्षेत्रभित्रका सहकारीका अध्यक्ष, व्यस्थापक, कोषाध्यक्ष, सरोकारवालाबीच अन्तक्र्रिया गरेर सहकारी ऐन–२०७४ संशोधनसहितका बारेमा जानकारी गराइएको उहाँले बताउनुभयो ।
नगरपालिकाले ऐनलाई राजपत्रमा प्रकाशित गरी आगामी एक महीनाभित्र एक व्यक्ति एकै प्रकारका एकभन्दा बढी सहकारीमा सदस्य हुन् नपाउने प्रवाधान लागू गरेको हो ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार २१:२४