काठमाडौं उपत्यकामा भीषण हावाहुुरीसहित वर्षा

काठमाण्डौ: काठमाण्डौ उपत्यकामा भीषण हावाहुरीसहित वर्षा भएको छ । उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानीमा साझ भीषणा हावाहुरी आएको हो । तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको  छ । त्यस्तै, महाशाखाका अनुसार आज राति पनि देशैभर आंशिकदेखि सामान्य बदली भएर पश्चिम, मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने आइतबार पनि पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १७:४४