आगामी बर्ष अपर तामाकोशी र मेलम्ची निर्माण सम्पन्न गर्ने घोषणा

काठमाडौं: आगामी बर्षभित्र ४५६ मेगावाटको अपर तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न गरिने भएको छ । आगामी बर्ष २०७६ ०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय गौरवका दुवै आयोजना आगामी बर्ष पूरा गर्ने बताउनुभयो । भेरी बबइ सिँचाइ आयोजना २ बर्षभित्र सम्पन्न गर्ने बताउनुभयो ।

रानीजमरा कुलरियाको पहिलो चरणको सिँचाइ सुविद्या यसै बर्ष पुरा गर्ने बताउनुभयो । चारबर्षमा हुलाकी, मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । कोरला नाकालाइ १२ महिना सञ्चालन गर्नेगरी विकास गरिने उनले बताइन् । कोशी करिडोर आगामी बर्ष पुरा गरिने लक्ष्य लिएको उनले बताइन्


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार २१:२५