सबै बालबालिका विद्यालय भर्ना गर्न सफल भएको भन्दै कालिञ्चोक गाउँपालिका सम्मानीत

दोलखा: विद्यालय जाने ५ देखि १२ वर्षसम्मका सबै बालबालिका विद्यालय भर्ना गर्न सफल भएको भन्दै प्रदेश ३ को सामाजिक मन्त्रालयले कालिञ्चोक गाउँपालिकालाई सम्मान गरेको छ । हेटौँडामा आयोजित एक कार्यक्रमकाबीच प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गाउँपालिकाका अध्यक्ष विनकुमार थामीलाई सम्मान हस्तान्तरण गर्नुभएको हो । कालिञ्चोकले ३१ भदौमा सिंगो गाउँपालिकाभित्र अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरेको थियो ।


प्रकाशित | २० बैशाख २०७६, शुक्रबार १०:२२