एनआरएनए सचिवमा अमेरिकाज् क्षेत्रीय संयोजक प्रकाश सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं:  गैर आवासीय नेपाली संघको सचिव पदमा प्रकाश सापकोटाले उम्मेदवारी दर्ता गर्नु भएको छ । हाल एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । सापकोटा डा. बद्री केसी टिममा हुनुहुन्छ ।

उम्मेदवारी दर्तापछि सापकोटाले संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो उम्मेदवारी भएको बताउँदै सबैको साथ, सहयोग, समर्थन मिल्ने अपेक्षा गर्नु भयो । उहाँले एनआरएनलाई अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिर्दै संस्थालाई एकताबद्ध गराउने कार्यमा आफू लागिपर्ने बताउनुभयो ।


प्रकाशित | २९ आश्विन २०८०, सोमबार २२:४२