बेइजिङ : नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा अजय अलौकिक र चन्द्रशेखर अधिकारीले लेखेका छन् । योसँगै बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भएको छ । विभिन्न निर्णय गर्दै बीआरआई सम्मेलन शनिबार बेइजिङमा सम्पन्न भएको छ । विभिन्न मुलुनसँग गरिने आर्थिक सहकार्य र सञ्जाल विस्तारको पहिलो एनेक्सको २३ औँ बुँदामा नेपालसँग सहकार्य हुने उल्लेख छ ।
प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०८:४३