कागेश्वरी मनोहरा-७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान (फोटोफिचर)

काठमाडौ: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ७ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा नंं ७ ले अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आइतबार ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरुलाई सम्मान एवं सहयोगी छडी वितरण गर्नु भएको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख कार्कीले ज्येष्ठ नागरिकको लागि नगरपालिकाले चार्डपर्वमा दिदैं आएको १ हजार रुपैयाँलाई बढाएर दुई हजार पुर्याएको र मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य नागरिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउनुभयो ।

मेयर कार्कीले यो वर्ष वडा नंं ७ मा ज्येष्ठ नागरिक भवन बन्ने तयारीमा रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा वड नंं ७ का वडाध्यक्ष भीमसेन थापाले मेयरसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत वडामा पनि स्वास्थ्य शिविर आयोजना भइरहेको र करिब ३ सय हाराहारीमा ज्येष्ठ नागरिकले सेवा लिएको बताउनुभयो ।

वडाध्यक्ष थापाले वडामा सामाजीक सुरक्षा भक्ता प्राप्त गर्नेमध्ये अती असक्त र असक्त गरि दुई सय ५० जनालाई सम्मान तथा सहयोगी छडी वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य यशोदा कार्की, आनन्द भैरव माध्यमीक विद्यालय प्रधानाध्यापक सरस्वती कार्कीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, टोल सुधार समितिका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु र प्रहरीको सहभागिता थियो ।

कार्यक्रम वडा सचिव बासुदेव थापाले सञ्चालन गर्नु भएको थियो भने वडा सदस्य जानुक चापागाईले स्वागत गर्नु भएको थियो ।


प्रकाशित | १४ आश्विन २०८०, आईतवार २१:२१