एनआरएनए यूरोप महिला संयोजक योगीताको अपिल: मिस वर्ल्डमा जिताउन मिस नेपाल अनुष्कालाई भोट गरौ

बेल्जियम : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोप महिला संयोजक योगीता थापाले मिस वल्डमा नेपाललाई जिताउनको लागि मिस नेपाल अनुष्का श्रेष्ठलाई भोट गर्न सबैमा अपिल गर्नुभएको छ । नेपाली चेली अनुष्कालाई भोट गरि सहयोग गरिदिन यूरोप महिला संयोजक थापाले अपिल गर्नुभएको हो । थापाले अनुष्कालाई यतिखेर धेरै भन्दा धेरै भोटको आवश्यक पर्ने भएकाले सहयोग गरिदिन सबैमा अनुरोध गर्नुभयो ।

मिस वल्ड- २०१९ प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टीमिडिया अवार्ड जित्नको लागि लाईकको आवश्यक पर्छ । जसको लागि MOBSTAR एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसकेपछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक गर्न सकिनेछ । जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । कुनै समय एप्समा कुनै प्राविधिक कठिनाई आयो भनेर झर्को नमानीकन रिफ्रेस वा रिइस्टाट गरिदिनु हुन समेत आग्रह गरिएको छ । हरेक फोटोको एक लाईक एक भोटको रुपमा गणना हुनेछ ।

नेपालको तर्फबाट मिस वल्डमा प्रतिस्पर्धा गर्न लागिरहनु भएको अनुष्कालाई अन्तराष्टिय मिडियाले टप १० भित्र राखेको छ । त्यसो त टप २० भित्र पर्न सफल भएमा मात्र नेपालले मिस वल्डको मल्टी मिडिया अवार्ड जित्न सफल हुनेछ । आउँदो डिसेम्बर १४ तारिखमा बेलायतमा हुन लागेको मिस वल्ड प्रतिस्पर्धामा विश्वभरिबाट करिव १ सय १० भन्दा बढी देशको सहभागिता रहनेछ ।


प्रकाशित | ४ मंसिर २०७६, बुधबार १५:१५