‘छ माया छपक्कै’को फस्टलुक सार्वजनिक

काठमाडौँ : फिल्म ‘छ माया छपक्कै’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य चार कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका छन । फिल्मका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् भने फिल्मलाई दीपकराज गिरीले लेखेका हुन् ।


प्रकाशित | १३ भाद्र २०७६, शुक्रबार १२:३९