टेकु अस्पतालमा कोरोनविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोनविरुद्धको नियमित खोप कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ । अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि कोरोनविरुद्धको नियमित खोप कार्यक्रम बन्द गरिएको हो ।

अस्पतालले आइतबार सूचना जारी गर्दै खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एव अन्य कर्मचारीमा संक्रमण पुष्टि भएकाले माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित भएको जानकारी गराइएको हो । स्वास्थ्यकर्मी धमाधम संक्रमित भएपछि खोप कार्यक्रमा ७ दिनसम्मका लागि स्थगित गरिएको अस्पतालले जनाएको छ ।


प्रकाशित | ९ माघ २०७८, आईतवार १८:४९