एनआरएनएको प्रमुख निर्वाचन आयुक्तमा भिमसेन बञ्जरा नियुक्त

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कमिटिले पूर्णता पाएको छ । खाली रहेको प्रमुख निर्वाचन आयुक्तमा अधिवक्ता भिमसेन बञ्जरालाई नियुक्त गर्दै निर्वाचन कमिटिलाई पूर्णता दिइएको हो ।

बञ्जरालाई संघको १० औं महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी सहित आइतवार सो पदमा नियुक्ति गरिएको हो । बञ्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र सर्वोच्च अदालतका अधिवक्ता हुनुुहुन्छ ।

यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणी पौडेलले आफ्नो कार्यव्यस्तताका कारणले सो पदबाट राजीनामा दिए पछि बञ्जरालाई नियुक्त गरिएको हो ।

गैर आवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोक्नु भएको जनाइएको छ ।

गैर आवासीय नेपाली संघको निर्वाचन डिसेम्बर २६ र २७ तारिख अनलाइन मार्फत हुँदैछ । संघको नेतृत्वको लागि डिसेम्बर १६ र १७ तारिख मनोनयन दर्ता हुँदैछ ।


प्रकाशित | २७ मंसिर २०७८, सोमबार १२:३७