रेडक्रसद्धारा सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापालाई सम्मान

नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता

भक्तपुर: सूर्यविनायक नगरपालिकाले नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ । गत वर्षदेखि नगरबासीलाई निशुल्क रगत उपलब्ध गराउन थालेको नगरपालिकाले चालु आर्थिक वर्षको लागि पनि अघिल्लो वर्षको कार्यक्रमलाई निरन्तरता दिएको हो ।

नेपाल रेडक्रसस सोसाइटी जिल्ला शाखा भक्तपुर र नगरपालिकाबीच रगत निशुल्क उपलब्ध गराउन सम्झौता भएको हो ।

नगर प्रमुख बासुदेव थापा र रेडक्रस भक्तपुरकी कार्यवाहक अध्यक्ष कृष्णश्वरी हाडाबीच नगरवासीहरुका लागि निशुल्क रगत तथा रक्ततत्व नगरपालिकाले सोधभर्ना गर्ने गरी भएको सम्झौता नविकरण गरिएको हो ।

रेडक्रस भक्तपुरले नगरपालिकाले महत्वपुर्ण योग्दान गरेका भन्दै नगर प्रमुख थापालाई सम्मान समेत गरेको छ ।


प्रकाशित | ३२ श्रावण २०८०, बिहीबार २१:५९