एनआईसी एसियाद्वारा विभिन्न हस्पिटलसँग सम्झौता

काठमाडौं : एनआईसी एसिया बैंकले विभिन्न हस्पिटलसँग सम्झौता गरेको छ । बैठकले ग्रीनसिटी हस्पिटल काठमाडौं, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल, काठमाडौंकाबीच बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

ग्रिनसिटी हस्पिटलसँगको सम्झौता पत्रमा ग्रीनसिटी हस्पिटलको तर्फबाट हस्पिटलका वरिष्ठ प्रबन्धक मनिष दवाडीले, कान्तिपुर डेन्टल हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बुद्धिमान श्रेष्ठले तथा स्टार हस्पिटलसँगको सम्झौतापत्रमा हस्पिटलको तर्फबाट प्रमुख परिचालन अधिकृत सन्देश जिसीले हस्ताक्षर गर्नुभएको छ । सम्पूर्ण सम्झौतापत्रहरूमा बैंकका तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले हस्ताक्षर गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताउनुभयो ।

सम्झौताअनुसार एनआईसी एसिया बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गले ग्रीनसिटी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशतसम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार १४:३८