आज हिमपात र वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
महाशाखाले देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको जनाएको छ ।
यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।
त्यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।


प्रकाशित | १८ पुष २०७७, शनिबार ०८:१२