कागेश्वरी मनोहरा नगरपालिकाको ‘सार्वजनीक सुनुवाई’ कार्यक्रमको दोस्रो संस्करण भदौ ६ गते हुने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रमको दोस्रो संस्करण भदौ ६ गते आयोजना गरिने भएको छ । नगरपालिकामा उपेन्द्र कार्की नेतृत्वमा नयाँ जनप्रतिनिधि आएको एक वर्षपछि गत साउनबाट पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनीक सुनुवाई कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

नगरपालिकाका नगर प्रमुख कार्कीले नगरबासीको सल्लाह सुझाव र गुनासो सुन्ने उद्देश्यले यो कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो । सार्वजनिक सुनवाई कार्यक्रम प्रत्येक महिनाको पहिलो बुधबार बिहान साढे सात देखि ९ बजे सम्म नियमीत रुपमा संचालन हुनेछ । कार्यक्रममा नगरबासीले आफुलाई लागेको जिज्ञासा, प्रश्न र सुझाव राख्न सक्नेछन् ।


प्रकाशित | ३१ श्रावण २०८०, बुधबार २०:५९