एनआरएनए जापानको नवौं अधिवेसन सेप्टेम्वर ६ तारिखमा गर्ने घोषणा: ओम गुरुङ प्रमुख निर्वाचन आयुक्त चयन

जापान: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नवौ अधिवेशन सेप्टेम्बर ६ तारिखमा गर्ने घोषणा गरिएको छ । अधिवेशन गर्ने घोषणासँगै जापानमा चुनावी चहलपहल झनै बढेको छ ।  रासप जापानको लागि १४ क्षेत्रीय समन्वय समितिमा सदस्यता संख्या थोरै भएकोले क्षेत्रिय समितिमा रासपसँग समन्वय गर्नका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने र उक्त समन्वय समितिको संयोजक बर्तमान संयोजक नै रहने निर्णय गरिएको छ ।

एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार राष्ट्रिय समन्वय परिषद जापानको नवौं अधिवेसन यहि २०१९ सेप्टेम्वर ६ तारिक शुक्रवार नाकानो जिरो हलमा आयोजना गर्ने निर्णय भएको हो । बैठकले ओम गुरुङ प्रमुख निर्वाचन आयुक्त रहने गरि सदस्य शरद गौचन र शालिकराम भण्डारीलाई चयन गर्दै उक्त समितिले २ सदस्य थप गर्न सक्ने निर्णय समेत गरिएको छ ।

त्यस्तै, उम्मेदवारीको शुल्क समेत तोएिको महासचिव घिमिरेले बताउनुभयो । जसमा निम्नानुसार शूल्क तोकिएको छ,

आईसिसि सदस्य ५० मान यन

अध्यक्ष ३० मान यन

बरिष्ठ उपाध्यक्ष २५ मान यन

उपाध्यक्ष २० मान यन

महासचिव १५ मान यन

सचिव १३ मान यन

कोषाध्यक्ष १२ मान यन

सहकोषाध्यक्ष १२ मान यन

प्रवक्ता १२ मान यन

युवा संयोजक १२ मान यन

महिला संयोजक १२मान यन

सदस्य १० मान यन

निर्वाचन समितिले मिति २०१९ सेप्टेम्ववर ८ तारिक आईतवार निर्वाचन सम्पन्न गर्ने र निर्वाचन प्रणाली विद्यूतीय माध्यम (अनलाईन) बाट गर्ने निर्णय गरिएको छ । त्यस्तैगरि सदस्यता फारम भर्ने बेलामा कुनै सदस्यको क्षेत्र फरक पर्न गएमा उक्त सदस्यले सम्वन्धित निर्वाचन समितिमा निवेदन दिएमा परिचय पत्रको आधारमा क्षेत्र क़ायम गरिने निर्णय भएको छ ।

त्यस्तैगरि बैठकले हिरोशिमा क्षेत्रिय समितिसँग समन्वय गरि २०० वटा ह्विल चियर नेपाल पठाउन पहल गर्ने र सो को लागि आईसिसि सदस्य कपिल देव थापासँग गरिएको करारनामा अनुसार सहकार्य गर्ने निर्णय समेत गरिएको महासचिव घिमिरेले बताउनुभयो ।


प्रकाशित | ३१ असार २०७६, मंगलवार १९:०७