कोरोनाको नयाँ भेरियन्ट सम्बन्धी ६ प्रश्न र उत्तर

डा संगिता राई

१. नयाँ भेरियन्ट भनेको के हो ?

भाइरसद्वारा आफ्नो जीनको अनुक्रमलाई परिवर्तन गर्ने प्रक्रियालाई म्युटेशन भनिन्छ। जसले गर्दा भाइरस थप सङ्क्रामक र घातक हुने वा आफैं हराएर जाने हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ। यही भाइरस जसमा एक वा एकभन्दा बढी उत्परिवर्तन आएको हुन्छ त्यसलाई मूल भाइरसको भेरियन्ट भनिन्छ।

२. कोरोना भाइरसको यस्ता भेरियन्ट संसार भरर कति वटा रहेका छन् ?

संसारभरि विभिन्न प्रकारको भेरियन्ट छन्। तर मुख्य चासो भएको तीनवटा भेरियन्ट अफ कन्सर्न (भिओसी) छन्। जुन यूके भाइरस भेरियन्ट बी १.१.७, दक्षिण अमेरिकी भाइरस भेरियन्ट बी १.३५१ र ब्राजिलीयन भाइरस पी.१ छन्।अहिले आएर डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरस भेरियन्ट भारतमा पनि देखा परेका छन्।

३. यी भेरियन्टहरुमा कुन बढी सङ्क्रामक हुन्छन् ?

नयाँ भेरियन्ट वा नँया स्ट्रेन पहिलो स्ट्रेन भन्दा निकै द्रुतगतिमा फैलन सक्छ। त्यस मध्येमा यूके भाइरस भेरियन्ट बी १.१.७ धेरै सङ्क्रामक र घातक हुन्छ तथा तीव्र गतिमा मानिसहरु अस्पातलमा भर्ना हुनसक्छन् र दीर्घ रोगी एवं युवावर्ग समेतलाई यसले मृत्य सम्म पुर्याउन सक्छ। डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरस भेरियन्टले पहिले संक्रमण वा खोपबाट बनेको व्याधि क्षमतालाई छल्न सक्ने भएको कारणले यो धेरै संक्रामक भएको विशेषज्ञहरुको भनाइ छ।

४. यो नयाँ भेरियन्टको लक्षणहरु के के छन् ?

नयाँ भेरियन्टको लक्षणहरु ज्वरो आउने, लगातर खोकी लाग्ने र गन्ध तथा स्वाद हराउने जुन पुरानो स्ट्रेन जस्तै हुन्छ। अहिले यो लक्षण मात्र होइन, अरु लक्षण जस्तो शरीरमा दुखाई र पीडा हुने, पखाला लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, छालामा दाग देखिने र औंलाहरुमा विकृति हुने देखिएका छन्।

५. कोरोनको खोप कतिको प्रभावकारी छ ?

विभिन्न देशले कोरोनाको लागि निर्माण गरेका भ्याक्सिनहरुको प्रभावकारीतामा एकरुपता छैन। भारतमा निर्माण भएको कभिसिल्ड भ्याक्सिनको कोरोनाविरुद्धको प्रभावकारीता ७८ प्रतिशत भएको दाबी गरिएको छ। यो कोरोनको खोप बेलायती स्वरूपको कोरोना भाइरस बी.१.१.७ स्वरूपमाथि पनि प्रभावकारी देखिएको छ।

६. यो नयाँ भेरियन्टबाट बच्ने उपायहरु के के छन् ?

राम्रोसँग मास्क लगाउने, तीस सकेण्ड सम्म राम्ररी हात धुने, सामाजिक दुरी बनाउने, भिडभाडमा नजाने र आफूलाई कोरोन लागेमा साथी भाइलाई सुनाउने अनि आफु आइसोलेशनमा बस्ने तथा सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्ने उपायहरुको अबलम्बन गर्नुपर्छ।स्रोत -स्वास्थ्य खवर


प्रकाशित | २३ बैशाख २०७८, बिहीबार १५:०७