एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा उम्मेदवार दिने शंकर डाँगीको घोषणा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को युरोप सहसंयोजक (डिआरसी) पदमा शंकर डाँगीले उम्मेदवारी घोषणा गर्नु भएको छ । संस्थागत रुपान्तरण सहित युवामैत्री एनआरएनए आजको आवश्यकता भन्ने मूल एजेन्डासहित डाँगीले डिआरसीमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको डाँगीले आइसिसी सदस्यदेखि एनसिसी जर्मनीमा रहेर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । सबैको माग र चाहनामा आफूले उम्मेदवारी घोषणा गर्नु भएको डाँगीले लामो समयदेखि राजनीतिक रुपमा क्रियाशील रहँदै आउनु भएको छ ।

त्रिचन्द्र कलेजमा नेबिसंघको सहसचिब देखी संगठनात्मक राजनीति सुरुवात गर्नु भएको डाँगीले जनसम्पर्क समितीको उपसभापतिमा एक दसको यात्रा र एनआरएनमा एनसिसि सचिव देखी लिएर आइसिसि सदस्यसम्मको सामाजिक यात्रा पार गरिसक्नु भएको छ ।


प्रकाशित | २३ श्रावण २०८०, मंगलवार १८:३२