सत्तारुढ गठबन्धनको बैठक सकियो, अपरान्ह पुनः बस्ने

काठमाडौं– सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ । बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको हो । स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

बैठक स्थानीय तहको निर्वाचनको मिति तय गर्नेबारे केन्द्रित भए पनि सहमति जुट्न नसकेपछि आन्तरिक छलफलपछि निर्णयमा पुग्ने भन्दै बैठक सकिएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल भएको पनि जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्थानीय तहको निर्वाचनको विषयमा लचक बन्दै गएपछि शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवा र नेकाप एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भएको छलफलपछि आज टुंग्याउने गरि बैठक बसेको हो ।


प्रकाशित | १५ माघ २०७८, शनिबार ११:५९