संसद् अधिवेशन बोलाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको माग

काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि संसद् अधिवेशन बोलाउन माग गर्नु भएको छ ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै डा भट्टराईले कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता औँल्याउँदै संसद अधिवेशनको माग गर्नुभएको हो ।

सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद् अधिवेशनमा छलफल गर्नुपर्ने उहाँको भनाई छ ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार १४:२७