भक्तपुर: चाँगुनारायण नगरपालिकाभित्रका सामुदायीक विद्यालयहरुमा अनुगमन गर्ने कार्यलाई तीब्र बनाइएको छ । सामुदायिक विद्यालयको भौतीक, शैक्षीक, प्रशासनीकलगायत विविध पक्षका साथै शिक्षकहरुको समस्या पहिचान गरि समाधानका उपाय सहित शैक्षीक गुणस्तर अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुगमन कार्यलाई तीब्र बनाइएको हो ।
नगरपालिकाका युवा, खेलकूद तथा शिक्षा शाखा प्रमुख विर बहादुर खडकाका अनुसार हालसम्म आधारभूत तथा माध्यामीक तहका १४ वटा विद्यालयहरुको अनुगमन गर्ने कार्य सम्पन्न भएको छ । अनुगमनका क्रममा आभारभूत तहका विद्यालयहरुमा पुस्ताकालय, विज्ञान प्रयोगशाला, आइसिटी ल्यावहरु र माध्यामीक तहका विद्यालयहरुमा विषयगत शिक्षकहरुको अप्रयाप्तता रहेको पाइएको छ ।
अनुगमनमा नगर शिक्षा समिति, जनप्रतिनिधिहरु, शिक्षा शाखाका कर्मचारीहरु र विषय विज्ञ सहितको टोलीले शिक्षकहरुसँग प्रत्यक्ष भेटघाट गरि उनीहरुभित्रको प्रतिभा पहिचान गर्ने काम भइरहेको शाखा प्रमुख खड्काले बताउनुभयो । नगरपालिकाले गुणस्तरीय शिक्षा विकासका लागि अनुगमनले थप टेवा पुग्ने विश्वास लिएको छ ।
नगर प्रमुख जीवन खत्रीले नगरपालिकाले यो आर्थिक वर्षका लागि सबै प्रकारका शिक्षामा पहुँच सुनिश्चित गर्दै सामुदायिक विद्यालय सुधारका विविध शैक्षीक कार्यक्रम सञ्चालन गर्ने, शैक्षीक गुणस्तर सुदृढीकरणका निम्ति लेसन स्टडी कार्यशाला, विद्यार्थी, शिक्षक तथा अभिभावक लक्षित कार्यक्रमलाई प्रभावकारिताका साथ लागू गर्ने नीति लिएको बताउनुभयो ।
यही शैक्षीक सत्रमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षण सिकाई क्रियाकलप थप प्रभावकारी रुपमा सञ्चालन गर्ने, शैक्षीक गुणस्तर बृद्धि गर्न प्रधानाध्यापकसँग करार सम्झौता, विद्यालयको भौतिक एवं शैक्षिक सुधार तथा शिक्षक तालिम कार्यक्रमलाई प्रभावकारी बनाउने नीति पनि लिएको मेयर खत्रीको भनाई छ ।
प्रकाशित | १६ श्रावण २०८०, मंगलवार १९:०४