लम्पी स्किन पीडीत किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन चाँगुनारायणका मेयर खत्रीको माग

भक्तपुर: चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले लम्पी स्किन पीडित किसानको पशु विमाको रकम समयमै उपलब्ध गराउन विमा कम्पनीहरुसँग माग गर्नु भएको छ ।

नगर प्रमुख खत्रीले नगरपालिकामा अधिकांश गाईमा लम्पी स्किन रोगको संक्रमण भएको र सयौ गाई मरेको भन्दै तत्काल पशु विमाको रकम उपलब्ध गराउन माग गर्नु भएको हो ।

नगर प्रमुख खत्रीले नगरपालिकाको एक्लो प्रयासमा वडाका टोलटोलमा पुगेर दक्ष पशु चिकित्सक तथा पशु प्राविधिकद्धारा जाँच, निशुल्क औषधि वितरण, लम्पी स्किन रोग विरुद्ध निशुल्क खोप सेवा र लम्पि स्किन रोगका बारेमा जानकारी गराउँदै जनचेतना फैलाउने काम गरिरहेको बताउनुभयो ।

अहिले वडा वडाबाट लम्पी स्किनबाट के कति गाई मरे र के कतिमा सक्रमण भयो भन्ने विषयमा आधिकारिक तथ्यांक संकलन गर्ने काम समेत भइरहेको छ ।

त्यस्तै, नगर प्रमुख खत्रीको नेतृत्वमा यसअघि नै बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्रीसँग भेट गरेर लम्पी स्किन पीडीत किसानलाई तत्काल राहत दिन माग गरिसक्नु भएको छ ।


प्रकाशित | १२ श्रावण २०८०, शुक्रबार २०:४६