एनआरएनए सिईओमा राजेन्द्र कुमार राउत नियुक्त

काठमाडौं: गैर आवासीय नेपाली संघको (एनआरएनए) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त हुनु भएको छ । यसअघि गत महिना सिइओ रविकिरण अधिकारीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा राउत नियुक्त हुनुभएको हो ।

विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको अनुभव बटुल्नुभएका नवनियुक्त सिइओ राउतले सन् २०१९ को अन्त्यबाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना महामारीको बेला गैर आवासीय नेपाली संघले अन्तर्राष्ट्रिय श्रम संगठनसँगको सहकार्यमा गरेको कोभिड–१९ प्रतिकार्य परियोजनाको व्यवस्थापकको रुपमा कुशल नेतृत्व समेत गर्नुभएको थियो ।

नवनियुक्त सिइओ राउतले आगामी भाद्र १ गते बाट कार्यभार सम्हाल्नुहुनेछ ।


प्रकाशित | १२ श्रावण २०८०, शुक्रबार १७:३२