देशभर ७०१ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेस ३११, एमाले १८८ र माओवादी केन्द्र १२० मा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार नेपाली काँग्रेसले ३११ पालिका जित्दै पहिलो बनेको छ भने नेकपा एमालेले १८८ पालिका जितेको छ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले १२० पालिका जित्दा नेकपा एकीकृत समाजवादीले नौ, जनता समाजवादी पार्टीले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्। आइतबार बिहान ११ बजेसम्म निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले १२६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको छ।

यस्तै, नेकपा एमालेले ६७ पालिकामा प्रमुख पद जितेको छ भने १५ पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीले नौ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ। यस्तै, अन्य पार्टीले २५ पालिकामा प्रमुख पद जितेको छ भने ११ पालिकामा अग्रता बनाएको छ।

गाउँपालिकातर्फ कांग्रेसले १८५ पालिकामा अध्यक्ष पद जितेको छ भने तीन पालिकामा अग्रता लिएको छ। एमालेले १२१ पालिकामा अध्यक्ष पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने कुनै पनि पालिकामा अग्रता लिएको छैन। जनता समाजवादी पार्टी ९जसपा०ले २० पालिकामा अध्यक्ष पद जितेर एक पालिकामा अग्रता लिएको छ। यस्तै, अन्य पार्टीले २८ पालिकामा अध्यक्ष पद जितेको भने चार पालिकामा अग्रता लिएको छ।

यस्तै, काँगेसले ९५ पालिकामा उपप्रमुख पद जितेको छ भने १३ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९२ पालिकामा उपप्रमुख पद जितेको छ भने २० पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ३२ पालिकामा उपप्रमुख पद जितेर चार पालिकामा अग्रता लिएको छ। जनता समाजवादीले ११ पालिकामा उपप्रमुख पद जितेर एक पालिकामा अग्रता कायम राखेको छ। अन्यले २० पालिकामा उपप्रमुख पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्।

यस्तै, काँग्रेसले १८९ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ। एमालेले १२२ पालिकामा उपाध्यक्ष पद जितेको छ भने चार पालिकामा अग्रता लिएको छ।

माओवादी केन्द्रले ९४ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ। जनता समाजवादी पार्टीले १८ पालिकामा उपाध्यक्ष पद जितेको छ भने एक पालिकामा अग्रता बनाएको छ।

अन्यले २७ पालिकामा उपाध्यक्ष पद जितेका छन् भने तीन पालिकामा अग्रता लिएका छन्। यस्तै, काँग्रेसले दुई हजार ५४३ वटा वडामा अध्यक्ष जितेर १० वटा वडामा अग्रता लिइरहेको छ।

एमालेले दुई हजार ४६ वटा वडा जित्दा नौ वडामा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले एक हजार २९ वटा वडामा अध्यक्ष जितेको छ। तीन वटा वडामा उसले अग्रता लिइरहेको छ।

यस्तै, जनता समाजवादी पार्टीले २७१ वटा वडामा अध्यक्ष जितेको छ भने पाँच वटा वडामा अग्रता लिइरहेको छ। अन्यले ५५९ वटा वडा जितेका छन् भने दुई वटामा अग्रता लिएका छन्।


प्रकाशित | ८ जेष्ठ २०७९, आईतवार १२:३९