नेपालका तारे होटलहरु असोज मसान्तसम्मका लागि बन्द हुने, कर्मचारीलाई १२ प्रतिशत तलब दिइने

काठमाडौं : होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो ।

संघमा नेपालका ठूला होटलहरु सदस्य छन । सरकारले घोषणा गरेको बन्दावन्दी ९लकडाउन० का कारण पर्यटन उद्योगमा दूरगामी नकरात्मक प्रभाव रहने भएपछि आगामी १ वर्षसम्म पूर्ण रुपले चल्न नसक्ने निश्कर्षका आधार सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको होटल संघले जनाएको छ ।

होटल संघले श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सूचना बमोजिम बैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने निर्णय गरिएको छ। श्रमिक युनियनसँग १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन सहमत नभएको अवस्थामा सो समयदेखि नै सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने संघले निर्णय गरेको हो ।

होटलले दिने सहमत गरेको आधारभूत तलबको १२.५ प्रतिशत रकममा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्नका लागि होटल संघ र ट्रेड युनियनले संयुक्त रुपमा पहल थाल्ने निर्णय गरेका छन् । होटल संघ नेपालले नेपालका तारे होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको आज बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो । संघमा नेपालका ठूला होटलहरु सदस्य छन ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार २०:३४