आज एकै दिन २५ सयले बढ्यो सुनको भाउ

काठमाडौँ ।आज एकै दिन सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै एकै दिन २५ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम थियो । चाँदीको मूल्य एकै दिन ३५ रुपैयाँ बढेको हो ।


प्रकाशित | १२ फाल्गुन २०७८, बिहीबार ११:५४