व्यवस्थित शहर निर्माण गर्ने कागेश्वरी नगरको नीति, सहज सेवा दिन प्रविधिमा जोड, ‘हेल्प डेक्स’ थप व्यवस्थित बन्ने

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले स्वीकृत जग्गा विकास मापदण्ड कार्यान्वयन गरी व्यवस्थित शहर निर्माण गर्ने भएको छ । आर्थिक वर्ष ८०/ ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सो कुराको जानकारी दिनु भएको हो ।

पूवी उपत्यका नयाँ शहरी विकास आयोजना निर्माणको लागि आवश्यक नीतिगत विषयहरु टुंगाई निर्माणको कार्य सुरु गरिने मेयर कार्कीले बताउनु भयो । भवन शाखाको सेवालाई पूर्ण रुपमा सुचना प्रविधिमा लैजाने नगरपालिकाको नीति रहेको छ ।

घरको नक्सा पास गर्ने कार्य नगरबासीमैत्री बनाउन हेल्प डेक्सलाई नगरपालिकाले थप व्यवस्थित गर्ने भएको छ । यस्तै नगरपालकाभित्र निर्माण हुने सबै नयाँ सार्वजनिक भवनहरु अपांगमैत्री हुनेछन् ।

भवन निर्माण पश्चात दुई वटा विरुवा रोपेमात्रै निर्माण सम्पन्न प्रमाणपत्र पाइने मेयर कार्कीले बताउनु भयो ।


प्रकाशित | ८ श्रावण २०८०, सोमबार २१:२६