साझा यातायातले काठमाडौं उपत्यकामा थप २० सञ्चालन गर्ने तयारी

काठमाडौंः साझा यातायातले काठमाडौंमा थप २० बस चलाउनको तयारी गरेको छ । काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा ल्याइएका उक्त बसहरु काठमाडौंका विभिन्न ठाउँहरुमा चलाइने तयारी गरिएको हो । बसहरु केही हप्ताभित्रै सञ्चालन गरिन लागिएको हो।

साझाका यी बस किन्न काठमाडौं महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड रुपैयाँ सेयर लगानी रहेको छ । साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउन यस्ता ठूला बसको आवश्यकता भएकाले थप बस ल्याइएको हो । यी सबै बस अन्तर्राष्ट्रिय युरो—४ मापदण्ड अनुरुपका अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार १५:४७