नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले हालै प्रतिनिधि सभामा प्रस्तुत गरेको सो विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले सो विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले स्वीकृत गरेका हुन् ।

सैद्धान्तिक छलफल सकिएपछि अब विधेयक संसदीय समितिमा दफावार छलफलका लागि जाने बाटो खुलेको छ । यस्तै दफावार छलफल बिना विधेयकलाई सिधै पारित गर्ने भए पुनः प्रतिनिधिसभाको बैठकमा पेश हुने विकल्प पनि रहेको छ ।


प्रकाशित | ३१ असार २०७९, शुक्रबार १५:३५