एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय सह-संयोजकमा कोरियाबाट लोचन राईको उम्मेदवारी घोषणा

कोरिया: गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा कोरियाबाट लोचन राईले उम्मेदवारी घोषणा गर्नुभएको छ । पेशाले इन्जिनियर राई कोरयामा लामो समयदेखि बस्दै आउनुभएको छ ।

कोरियाको स्थायी बासिन्दा राई हाल एनआरएनए आइसिसी सदस्य हुनुहुन्छ । एनआरएनए पूर्व उपाध्यक्ष तथा नेपाली सम्पर्क समिति पूर्व अध्यक्ष रहनु भएको राईले आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनमा सह-संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।


प्रकाशित | १० आश्विन २०७६, शुक्रबार १२:५०