च्याम्पियन्स लिगमा रियल र म्यानचेस्टर सिटीको बराबर

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् ।

रियल म्याड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

खेलको ३६ औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । रियललको लागि भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो ।

दोस्रो हाफको ६७ औं मिनेटमा सिटीले उस्तै प्रकृतिको गोलमार्फत खेल बराबरीमा ल्यायो । कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले सुन्दर गोल गरे । पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनले गरेको शक्तिशाली प्रहार उनकै राष्ट्रिय टोलीका सहकर्मी थिबाउट कोर्टुवाले बचाउने अवसर पाएनन् ।

अर्को बुधबार रियल मड्रिड दोस्रो लेग खेल्न म्यानचेस्टर भ्रमणमा निस्कनेछ ।


प्रकाशित | २७ बैशाख २०८०, बुधबार ०६:५१