चेल्सी र आर्सनल फाईनलमा

एजेन्स: लण्डन क्लबद्वय चेल्सी र आर्सनल युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको खेलमा जित निकाल्दै दुवै प्रिमियर लिग क्लब प्रतियोगिताको फाईनल प्रवेश गरेको हुन् । सेमिफाईनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्रायान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाईनल यात्रा तय गर्यो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपनि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । लोफटस चेकले २८ औ मिनेटमा घरेलु टोली चेल्सीलाई अग्रता दिलाएका थिए । ४९ औ मिनेटमा जोभिकले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो लेगको खेल समेत १–१ गोलको बराबरीमा सकिएको थियो ।

अन्तिममा चेल्सीले पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो । अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई दोस्रो लेगको खेलमा ४–२ ले हरायो । आर्सनल समग्रमा ७–३ को नतिजा सहित फाईनल प्रवेश गर्यो । आर्सनलको जितमा पियरी एम्रिक अबुमियाङले ह्याट्रिक गरे । लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका केभिन गेमिरोले दुई गोल गरे ।

खेलमा अग्रता भ्यालेन्सियाले ११ औ मिनेटमा गेमिरोको गोलबाट लिएको थियो । अबुमियाङले खेलको १७ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । लाकाजेट्टीले ५९ औ मिनेटमा आर्सनललाई अग्रता दिलाउने काम गरे । गेमिरोले ५८ औ मिनेटमा खेल बराबरीमा ल्याउन सफल भए । तर ६९ औ मिनेटमा दोस्रो गोल र ८८ औ मिनेटमा ह्याट्रि पुरा गर्दै अबुमियाङले आर्सनललाई सहजै फाईनल यात्रा तय गराए ।
युरोपेली क्लब फुटबलको दुई ठुला प्रतियोगिताको फाईनलमा चार ईङ्लिस क्लब प्रवेश गरेको यो पहिलो पटक हो ।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०८:३७