एकैदिन ३५ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा ३५ सय रुपैयाँले घटेको छ । बिहीबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख २ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा २५ सय रुपैयाँले बढ्दै प्रतितोला एकलाख ५ हजार ५ सय रुपैयाँ भई इतिहासकै महंगो मूल्यको रेकर्ड कायम भएको थियो ।

बिहीबार चाँदी पनि तोलामा ४५ रुपैयाँले घट्दै प्रतितोला एक हजार ४ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित | २६ फाल्गुन २०७८, बिहीबार ११:१८