एनआरएनए नाइजेरियाको अध्यक्षमा रोशन थापा निर्वाचीत

लेगोस, नाइजेरिया :  गैरआवाशिय नेपाली संघको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले नयाँ नेतृत्व निर्वाचीत गरेको छ । सन २०१९ -२०२१ कार्यकालको लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको हो ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको, एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेको विचार ब्यक्त गर्नुभयो ।

त्यस्तै , साधारण सभामा आईसिसी महिला उपसंयोजक मन थापा , आईसीसी सदस्य चिरन्जिबी रोका , पुर्ब अफ्रिका उप संयोजक बिदुर घिमिरे , उपाध्यक्ष बिरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको थियो ।

साधारणसभाले सन २००१९(२१ का लागि आइसीसी सदस्यमा बिश्वास पौडेललार्इ चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता , उर्मिला रोका , सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन । कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन ।

त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन हुनु भएको छ । साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।


प्रकाशित | २९ असार २०७६, आईतवार २०:५३