चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने

भक्तपुर: चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा मटो परीक्षण केन्द्रको स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले प्रत्येक वडामा माटो परीक्षण केन्द्रको स्थापना गर्ने उल्लेख गर्नु भएको हो ।

नगरपालिकाले कृषितर्फ स्थानीय कृष्ति उत्पादनको प्रबद्र्धनका लागि आवश्यक कृषि सामाग्रीको उचित ब्यवस्थापन गर्ने, गुणस्तरीण् विउविजनको उत्पादन तथा उपलब्धतामा जोड दिने, रैथाने बाली, तरकारी, फलफूल, एवं विउविजनको संरक्षण, प्रबद्र्धन र प्रयोग गरी उत्पादकत्व बृद्धि गर्न प्रोत्साहन गरिनुका साथै उत्पादित कृषि बस्तुको प्रदर्शन गर्ने ब्यवस्था मिलाउने भएको छ ।

कृषि सम्बन्धी बिमा र कर्जा सहजीकरणका लागि आवश्यक पहल गर्ने, सामूहिक खेती प्रणालीका लागि कृषकहरुलाई प्रोत्साहन गर्ने, एक घर एक करेसाबारी, पकेट क्षेत्रमा ब्यवसायीक तरकारी नारासहित तरकारी पकेट क्षेत्रमा उत्पादन बृद्धिका लागि सहुलियत कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रमा राखिएको छ ।

त्यस्तै, कृषकहरुलाई कृषि औजार तथा प्रविधिमा अनुदानमार्फत प्रोत्साहन गर्ने, ब्यवसायीक तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती प्रणालीलाई ब्यवस्थित एवं सहजीकरण गर्ने, कृषि उपजको भण्डारण तथा बजारीकरणको लागि संघ, प्रदेश र नगरपालिकाको सहकार्यमा बायोडाइभर्सिटी सेन्टर तथा शित भण्डार स्थापना गर्न आवश्यक ब्यवस्था मिलाउने नीति लिएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा आर्थिक विकास तथा मानव जीवनको अपरिहार्य क्षेत्र कृषिमा आधारित रोजगार प्रबद्र्धन गरी कृषि पेशालाई सम्मानजक बनाउन तथा आधुनीकरण एवं ब्यवसायीकरणका लागि ९२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।


प्रकाशित | १९ असार २०८०, मंगलवार २०:०७