चाँगुनारायण नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

भक्तपुर । चाँगुनारायण नगरपालिकाको १३ औं नगर अधिवेशनमा नगर प्रमुख जीवन खत्रीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । अधिवेशनको पहिलो सत्रमा मेयर खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

‘सबल स्थानीय सरकार, समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा र ‘चाँगुनारायण नगरपालिकाको दिर्घकालीन सोच कृषि, पर्यटन र सामाजीक विकास, समृद्ध चाँगुनारायणको मूल आधार’ लाई ब्यवहारिक रु्रपमा कार्यान्वयन गर्न, उपलब्ध स्रोत साधनको उच्चतम उपयोग, दिगो विकासका समग्र लक्ष्यहरुको सम्बोधन, सुशासन प्रबद्र्धन, वित्तीय अनुशासन तथा पारदर्शीताका साथ नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाबाट निर्धारण गरिएका प्राथमिकताका क्षेत्र, गौरवका आयोजना र रुपान्तरणकारी योजनाहरुलाई तथा कार्यक्रमहरुलाई क्रमशः कार्यान्वयन गर्ने गरी वािर्षक बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति अवलम्बन गरिने मेयर खत्रीले घोषणा गर्नु भएको छ ।

नीति तथा कार्यक्रममा नगर प्रमुख खत्रीले भौतीक पूर्वाधार, सडक पूर्वाधार तथा यातायात, खानेपानी तथा सरसफाई, विद्युत तथा वैकिल्पिक ऊर्जा, भवन तथा बस्ती विकास, कृषि तथा पशुपंक्षी विकास, सहकारी, गरिबी न्यूनीकरण तथा उद्यमशीलताको विकास, उद्योग वाणिज्य तथा बजार ब्यवस्थापन, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य, लैगिक समानता तथा सामाजिक समावेशिकरण, सामुदायिक एवं गैरसकारी संघ संस्था परिचालन, सामाजिक सुरक्षा एवं पञ्जीकरण, श्रम र क्षमिक, वन, वातावरण, फोहोरमैला ब्यवस्थापन, पूर्ण सरसफाई तथा विपद् ब्यवस्थापन, सुसाशन, संस्थागत क्षमता विकास तथा सार्वजनीक सेवा प्रवाह, वित्तिय ब्यवस्थापन र सूचना तथा सञ्चारलगायत शीर्षकमा १९० बुँदालाई समेट्नु भएको छ ।

नगर प्रमुख खत्रीले सार्वजनीक गर्नु भएको नीति तथा कार्यक्रममाथि छलफल गरि शुक्रबारै नगरसभाले सर्वसम्मत रुपमा पारित समेत गरेको छ । सोही अवसरमा केहि ऐनहरुसमेत पारित गरिएको छ ।

त्यस्तै, शुक्रबारै आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनीक गरिएको छ । नगर उपप्रमुख रमेश बुढाथोकीले प्रस्तुत गर्नु भएको बजेटउपर आइतबार छलफल हुनेछ ।


प्रकाशित | ९ असार २०८०, शनिबार ०८:०१