एनआरएनए अध्यक्षमा बेलायतबाट उम्मेदवारी घोषणा गर्नुहुँदै कुल आचार्य, भोली औपचारिक घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षमा कुल आचार्यले बेलायतबाट भोली उम्मेदवारी घोषणा गर्नुहुने भएको छ । आचार्यले मंगलबार साँझ ६ बजे एम्पायर हल, अल्डरसटमा आफ्ना समर्थकहरुसहित उम्मेदवारी घोषणा गर्न लाग्नुभएको हो ।

बेलायत निवासी आचार्यले डेढ महिना अघि नै पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा अध्यक्षमा दोवेदारी प्रस्तुत गरिरहनु भएको थियो । अध्यक्षमा यसअघि कुुमार पन्तले काठमाडौंबाट उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । एनआरएनको विश्व सम्मेलन आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार २२:०५