काठमाडौ: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । कान्ति भैरब माबि थलीमा आयोजित एक कार्यक्रमकाब बीच करिब २५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकोे हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो । वडाध्यक्ष शंकर पाण्डेले ज्येष्ठ नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले गर्मीमा ओड्न मिल्ने ब्ल्यांककेट तथा ग्लुकोजलगायत खानेकुरासहित सम्मान गरिएको बताउनुभयो ।

सो अवसरमा न्यायीक समिति सदस्य तथा वडा सदस्य आत्मराम पौडले,, वडा सदस्यहरु सुसान श्रेष्ठ, सरस्वती खनाल, डाँछी स्वास्थ्य शाखा प्रमुख प्रमीला भट्टराई, वडा सचिव तथा कर्मचारी र स्थानीयबासीको सहभागिता थियो ।

सो अवसरमा राष्टिय लोकहित गायक कुमार बस्नेतलाई पनि सम्मान गरिएको थियो । वडाले जेष्ठ नागरिकहरुका लागि विभिन्न परोकारी कार्यहरु गर्दै आएको छ ।

वडाध्यक्ष शंकर पाण्डेको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएपश्चात वडामा जेष्ठ नागरिक पार्क समेत बनेको छ ।

पछिल्लो समय सडक, शिक्षा, खानेपानी , भौतिक पूर्वाधार,स्वास्थ्य लगायतका क्षेत्रमा फड्को मार्न सफल वडा जेष्ठ नागरिक मैत्री समेत बनेपछि जनताले स्थानीय सरकार भएको महशुस गरेका छन् ।











प्रकाशित | ३ असार २०८०, आईतवार २२:००