मन्त्रिपरिषदले पूर्णता पाउँदै, गृहमन्त्रीमा खगराज अधिकारी, अरु को–को बने मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदलाई पूर्णता दिनु हुने भएको छ । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लाग्नु भएको हो । यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नु भएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउन लाग्नु भएको छ । आज अपराह्न चार बजे शपथ कार्यक्रम राखिएको हो ।

यस्ता छन् नयाँ बन्ने मन्त्रीहरु

१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री


प्रकाशित | २७ जेष्ठ २०७८, बिहीबार १३:०३