बहराईन, मलेसिया, स्पेन र पोर्चुगललाई ५ /५ हजार, इटालीलाई ४ हजार र माल्टालाई ३ हजार डलर सहयोग गर्ने निर्णय

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ बाट पीडित यूरोपका चार वटा , मध्यपूर्व र एसिया प्याशिफिकको एक/ एक वटा देशलाई २७ हजार डलर सहयोग गर्ने निर्णय गरेको छ । एनआरएनए आइसिसीले गैर आवासीय नेपालीहरुलाई दोश्रो चरणमा २७ हजार डलर सहयोग गर्ने निर्णय गरिएको हो ।

एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार एसिया प्याशिफिकको मलेसिया, यूरोपको स्पेन, पोर्चुगल, मध्यपूर्वको बहराईनलाई ५ /५ हजार, यूरोपकै इटालीलाई ४ हजार र माल्टालाई ३ हजार डलर सहयोग गर्ने निर्णय गरिएको हो ।

एनआरएनए आइसिसीले यसअघि पहिलो चरणमा एनसिसीहरु क्रमश : कुवेत, यूएई, साउदी अरवलाई ५ /५ हजार र साईप्रसलाई ३ हजार अमेरिकी डलर सहयोग गरेको थियो ।


प्रकाशित | २४ बैशाख २०७७, बुधबार १५:३०