ढुक्क हुनुस्, प्रचण्ड–माधव र झलनाथलाई सूर्य चिन्हबाट चुनाव लड्न दिन्छौ : कृष्णगोपाल श्रेष्ठ

ललितपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले देशमा नयाँ तानाशाह आउन थालेछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताब ल्याएर हटाउने र प्रधानन्याशी चेलेन्द्र शम्सेर जबरालाई महाअभियोग लगाउने तयारी भएपछि अन्तिम अवस्थामा बाध्य भएर संसद विघटन गरी चुनाव घोषणा गर्नुपरेको बताउनुभयो ।

नेकपा ललितपुर पार्टी महानगर समितिले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको निर्वाचनमा नेकपाले पुनः बहुमत ल्याउने ठोकुवा गर्नुभयो । भन्नुभयो–‘देशलाई ठुलो संकटबाट जोगाउन बाध्य भएर संसद विघटन गर्नुपरेको हो , अबको निर्वाचनमा सबै एकजुट भएर लाग्नुको विकल्प छैन । ‘यदी नमिलेको खण्डमा फुटेर गएका प्रचण्ड –माधव नेपाल गुटको नामोनिसाना रहदैन ।’

पार्टी फुटाएको हल्ला गर्नेहरुले अवसर नपाएर गलत बाटोमा कुर्लिदै हिड्न थालेको आरोप लगाउँदै भन्नुभयो, ‘घर मुलीलाई हटाएर बाटोमा हामी यहा छौ भन्नु हास्यास्पद हो । उहाँले थप्दै भन्नुभयो–उहाँहरुको आन्दोलनको कुनै औचित्यता छैन । हामीले पार्टी अध्यक्ष प्रचण्डलाई हटाएका छैनौ, नेता नारायणकाजी श्रेष्ठलाई कारबाही गरेका छैनौ । श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारबाट हटाएका मात्र हौ ।’

‘हामीलाई पेरिसडाँडा चाँहिदैन, धुम्बाराही र बल्खु पार्टी कार्यालय हाम्रोे हो, हाम्रो पार्टी कार्यालयमा प्रवेश गर्न दिदैनौ’, उहाँले भन्नुभयो, ‘म यो भन्न चाहन्छु कि आफ्नो सम्पत्तीमा कसैले हस्तक्षेप गर्दैन ललितपुर पार्टी कार्यालय तपाईहरुको हो, कसैले कब्जा गर्न खोज्यो कि त्यसलाई रोक्नुपर्छ ।’

‘नेकपाको चुनाव चिन्ह सूर्य हो, हामी सूर्य चिन्हबाट चुनावमा उठ्नेछौ’, उहाँले भन्नुभयो । प्रचण्ड–माधव नेपाल र झलनाथ खनाललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने टिप्पणी गर्नुभयो । भन्नुभयो, ‘उहाँहरुलाई सूर्य चिन्ह चाहिएको हो भने एकएक थान सूर्य चिन्ह दिन्छौ त्यहीबाट उठ्नुहुनेछ ।’ साथै उहाँले जनताको बिचमा ताजा जनादेश दिएर बैशाख १७ र २७ गतेको चुनावमा खटिन सबैलाई आब्हान गर्नुभयो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १९:२२