काठमाडौं उपत्यकामा ९३४ सहित १ हजार ५१३ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार ८९१ नमुना जाँचमध्ये १ हजार ५१३ जनामा संक्रमण देखिएको हो।

योसँगै संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ। पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

गौतमका अनुसार काठमाडौं उपत्यकामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७४७ जना, भक्तपुर ७३ र ललितपुरमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल क्वारेन्टाइनमा ५ हजार ७७८ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल होम आइसोलेशनमा १० हजार ७०७ जना रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् ।

नेपालमा थप १० जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४९१ जनाको मृत्यु पुष्टि भएको छ ।


प्रकाशित | १३ आश्विन २०७७, मंगलवार १६:४०